नेपाली नारी समाज पोर्तुगलले विभिन्न कार्यक्रम गरी यसवर्षको नारी दिवस मनाउने !

पुनम गौतम, पोर्चुगल।

नेपाली नारी समाज पोर्तुगलले वृहत कार्यक्रम गरि यसपालिको अन्तराष्ट्रिय श्रमिक नारी दिवस मनाउने भएको छ ।

८ मार्चका दिन पर्ने अन्तर्रािष्ट्रय नारी दिवसको अवसरमा समाजले कार्यक्रम भने ७ मार्च शनिबार गर्ने शुक्रबारको बैठकले पारित गरेको छ । ८ मार्चका दिन अन्य कार्यक्रम रहेकाले कार्यक्रम नजुधाइ अघिल्लो ७ गतेका दिनमा विशेष रूपमा गर्ने योजना रहेको महासचिव सिता श्रेष्ठले जानकारी दिनुभयो ।

११० औं अन्तराष्ट्रिय श्रमिक नारी दिवसलाई सम्पुर्ण नेपाली दिदिबहिनीहरुको आवश्यकतालाई मध्यनजर गर्दै नेपाली समाजमा हुने हरेक समस्याहरुको समाधानको अर्को पाटोको रुपमा लिइन्छ । तर नेपालमा भने दिवस मनाईरहंदा महिला माथि विभिन्न किसिमका हिंसाहरु हुने गरेका छन् । यसको रोकथामको लागि स्वयं घरपरिवार नै सचेत हुनुपर्दछ ।

महिलाहरुले समस्या सहित स्पष्ट आफ्नो दुख पीडा र बिचार ब्यक्त गर्न नसक्नुले समस्याको पहिचान र समाधानमा नेपाली नारी समाज पोर्तुगल स्थापनाकाल देखि नै लागि परिरहेको छ । यसार्थ नारी दिवसलाई महिलाहरुको मुख्य दिनको रुपमा लिएर मनाउनका लागि समाजले यसवर्ष पृथक रुपमा कार्यक्रम गर्ने भएको हो ।

साथै पर्यटन बर्ष २०२० लाई सफल पार्न कल्चर एक्सप्लोर नेपालले युरोपका विभिन्न शहरहरुमा कार्यक्रम आयोजना गर्ने भएको छ । सोहि अवसर पारेर कल्चर एक्सप्लोर नेपाललको आयोजनामा ६ र ७ मार्चमा हुने कार्यक्रममा नेपाली नारी समाज पोर्तुगलको सहभागीता रहने छ । पोर्चुगलका अबैतानिक बाणिज्यदुत, पर्यटन दुत र विभिन्न संघ सस्थाहरुको सहभागीतामा हुने कार्यक्रममा उपस्थितिका लागि समाजले सबैलाई आग्रह समेत गरेको छ ।

त्यस्तै समाजले अन्तर्रािष्ट्रय श्रमिक नारी दिवस लक्षित गर्दै पोर्चुगलमा बसोबास गर्ने नेपाली नारीहरुको नेतृत्व बिकासका लागि एकदिने तालिमको आयोजना गर्ने भएको छ । १६ फेब्रुअरी आइतबारका दिन दक्ष प्रशिक्षकद्वारा १ दिने तालिमको आयोजना गर्न लागिएको समाजकी कार्यवहाक अध्यक्ष मिनामाया खरेलले जानकारी दिनुभयो ।

“समुन्नत समाज निर्माणका लागि नेतृत्व विकास” तालिमको आयोजना गर्ने भएको हो । सो प्रशिक्षणबाट प्रशिक्षार्थीहरुको अनुभव साटासाट गर्ने र बोल्ने कलाको बारेमा विशेष कक्षा दिईनेछ ।

यसैगरी हालै सम्पन्न १ महिने विशेष ब्युटिसियन तालिमको प्रमाणपत्र बितरण, र सम्मान कार्यक्रम ७ मार्च २०२० का दिन गरिने भएको हुंदा पोर्चुगलमा रहेका सम्पुर्ण संघ सस्थामा आबद्ध दिदीबहिनीहरुलाई जानकारी गराउदैं सहभागी हुनुहुन आग्रह गर्दै सोहि दिन अन्य कार्यक्रमहरु नजुधाई सहयोग गरिदिनुहुन नेपाली नारी समाज, पोर्चुगलले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार