पोर्तुगलमा कोरोना भाइरसको पहिलो बिरामी फेला पर्यो : बिरामीको करी क्याब्रल अस्पतालमा उपचार हुदै !

लिस्बन, पोर्चुगल।

पोर्चुगलको स्वास्थ्य महानिदेशालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ , “नयाँ कोरोना भाइरसको संक्रमण भएको पहिलो संदिग्ध घटना पोर्चुगलमा फेला परेको छ। ”

स्वास्थ्य संस्थाका अनुसार बिरामीको लिस्बनको करी क्याब्रल अस्पतालमा उपचार भईरहेको छ। बिरामी आज मात्रै “चीनबाट फर्केका थिए , उनी गत केही दिनसम्म चीनको वुहान शहरमा थिए” । डाक्टरका अनुसार उनको क्लिनिकल अवस्था अहिले स्थिर छ।

कोरोना कामक नयाँ भाइरस, जसले निमोनिया निम्त्याउँछ, २०१९ को अन्त्यमा चीनमा पत्ता लागेको थियो र यसले गर्दा कम्तिमा ४१ व्यक्तिको मृत्यु भइसकेको छ। कोरोना भाइरसको पहिलो घटना बुहान शहरमा देखा परेको थियो। बुहानको जनसंख्या ११ करोड छ जुन हुबेई प्रान्तको राजधानी हो र चीनको केन्द्रमा रहेको छ।

कोरोना भाइरसको कारण कम्तिमा ४१ जनाको मृत्यु, १३०० भन्दा बढी संक्रमित :

यस भाइरसले चीनमा मात्रै ४१ जनाको मृत्यु भईसकेको छ भने चीन लगायत विश्वभर तिब्र गतिमा फैलिएको भाइरसको कारण अहिलेसम्म १३०० भन्दा बढी संक्रमित भईसकेको रेकर्ड छ।

पहिलो पटक चीनमा देखा परेको कोरोना भाइरस अहिले मकाउ, हंगकंग , थाईल्यान्ड, ताइवान, दक्षिण कोरिया, जापान, संयुक्त राज्य अमेरिका, मलेसिया, फ्रान्स र अष्ट्रेलिया र आज आएर पोर्चुगलसम्म फैलिएको पुष्टि भएको छ।

चिनियाँ अधिकारीहरूले यो भाइरसको रोकथाम र नियन्त्रणको हिसाबले देशलाई “अत्यन्त महत्वपूर्ण” ठानेका छन् र हालसम्म १३ शहरमा क्वारेन्टाइन गरिएको छ।

कोरोना भाइरसका लक्षण :

यो नयाँ कोरोना भाइरसको कारण संक्रमणसँग सम्बन्धित लक्षणहरू फ्लू भन्दा बढी गम्भिर हुन्छन् र ज्वरो, पीडा, दिक्कपन र सास फेर्न कठिनाईहरू हुने , सासको कमी हुने गर्दछ।

पोर्चुगलमा, DGS ले रोकथाम सार्वजनिक स्वास्थ्य उपकरणहरू पहिले नै सक्रिय गरिसकेका थिए, जबकि रोग नियन्त्रणको लागि युरोपेली केन्द्रले युरोपियन युनियनमा संक्रामक जोखिमलाई कम गर्न आवश्य कदम चालीसकेको छ ।

पोर्चुगलको सरकारले चीनको वुहानमा रहेका आफ्ना नागरिकहरूको लागि सहयोग जुटाउन शुरु गरिसकेको छ। त्यस्तै अन्य युरोपेली देशहरूसँग मिलेर के कस्तो सहयोग गर्न सकिन्छ, त्यसमा पनि पोर्चुगलको सरकार हदैसम्मको सहयोग गर्न तयार भएको जनाएको छ। पोर्चुगल सरकारले चीनबाट ट आफ्ना नागरिकहरुलाई जतिसक्दो चाडो फिर्ता ल्याउन पहल गरिसकेको जनाएको छ।

पोर्चुगल सरकारले चीनमा रहेका आफ्ना नागरिकहरुलाई जतिसक्दो चाडो आफ्नो नजिकको राजदुतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार