
धनगढी ।
लोकतान्त्रिक इन्जिनियरहरूको छाता संगठन सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) द्धारा शनिवार धनगढीमा आयोजित रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् ।
धनगढी डाइग्नोस्टिक्स एन्ड रिसर्च सेन्टरको प्रांगणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ईञ्जिनियरका साथै सर्वसाधारणले रक्तदान गरेका थिए ।
आगामी दिनमा पनि यस्तै सामाजिक क्रियाकलापहरू सञ्चालन गर्ने सिडेनका सचिव अरुण जोशीले बताए ।
















