
काठमाडौं ।
नेपालका जितु राई भारतमा प्रसिद्ध पद्मश्री पदकद्वारा सम्मानित भएका छन्।
संखुवासभामा जन्मिएका जितु राई भारतको चौंथो ठूलो पदक पद्मश्रीबाट सम्मानित भएका हुन् । उनलाई भारतको गणतन्त्र दिवसका अवसरमा पद्मश्रीबाट सम्मानित गर्ने घोषणा भएको हो ।
गोर्खा राइफलमा भर्ती भएका राईले पछि मात्र भारतीय नागरिकता लिएका हुन् ।
उनी सुटिङका खेलाडी हुन् । १० मिटर एयर पेस्तोल र ५० मिटर एयर पेस्तोलमा भारतलाई पदक दिलाइसकेका छन् ।
गोर्खा राइफलको नायब सुवेदार राईले विश्व च्याम्पियनशिपमा समेत स्वर्ण जितेका छन् ।
















