– सुरेश जोशी , पोर्चुगल।

पोर्चुगलमा पछिल्लो चार बर्षमा घरबारविहीनहरूको संख्या १५७ प्रतिशतले बढेको छ।
युरोपमा सबैभन्दा बढी घरबारविहीनहरूको संख्या वृद्धिमा पहिलो नम्बरमा आइसल्याण्ड, दोश्रोमा पोर्चुगल र तेश्रोमा आयरल्याण्ड पेरका छन्।
सन् २०१४ र २०१८ को बिचमा पोर्तुगालमा घरबारविहीनको संख्या एकदम बृद्धि भयो। आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी ) को पछिल्ला तथ्यांक अनुसार घरबारविहिन भएर सडकमा बस्नेहरुको संख्यामा १५७ प्रतिशतले वृद्धि भएको देखाएको छ।
ओईसीडीको रिपोर्ट अनुसार पोर्तुगलमा मात्रै होईन, अस्ट्रेलिया, चिली, इंग्ल्याण्ड , फ्रान्स, आइसल्यान्ड, आयरल्याण्ड, लाटभिया, लक्जमबर्ग, नेदरल्याण्ड, न्यूजील्याण्ड, पोर्चुगल, स्कटल्यान्ड, संयुक्त राज्य अमेरिका र वेल्समा समेत घरबारविहीन र सडकमै बास बस्नेहरुको दर बढेको छ।
घरबारविहीनहरुको संख्यामा सबैभन्दा बढी आइसल्यान्ड मा १६८ प्रतिशत र र तेस्रो स्थानमा आयरल्यान्ड १०७ प्रतिशतले वृद्धि भएको रिपोर्टमा उल्लेख छ।
गत डिसेम्बरमा गणतन्त्र पोर्चुगलका राष्ट्रपति मर्सेलोले घरबारविहीन जनताको जीवनस्तर उकास्नका लागि सन् २०२० मा १५ गुणा बजेट बढाईएको प्रतिबद्दता गरेका थिए।
















