मोनाको महिला बिभागद्वारा नेपालमा बिरामीलाई आर्थिक सहयोग !

भोला लामीछाने , यूरोप।

प्रबासमा रहेका म्याग्देली दिदीबहिनीहरू मिलेर बनाईएको संस्था मोना महिला बिभागद्वारा धौलागीरी गाउपालीका वडा न ३ निवासी मुना फलियाकी ९ वर्षीय मनोरोगी बालिका साथै अन्नपूर्ण गाउपालीका नारच्याडंका अर्का मनोरोगी गणेश पुर्जाको उद्वारको लागी आर्थिक सहयोग संकलन गरेका छन् ।

उक्त आर्थिक सहयोगको लागि मोना अन्तर्राष्ट्रिय महिला बिभागले जनवरी ५ तारिकको दिनबाट आर्थिक सङ्कलन अभियान संचालन गरेको थियो। मोनाले संकलित रकम १ लाख ९८ हज़ार ५ सय नेपाली रूपैया सहयोग गरेको मोना अन्तराष्ट्रीय समन्वय परिषद आई सी सी यूरोप संयोजक अनुशा थापा जैसीले जानकारी दिईन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार