राष्ट्रिय अविष्कार केन्द्रको सहयोगको लागि “राई इज किङ्” ले पोर्चुगलमा गरे सांगीतिक कन्सर्ट !

– प्रविन धिताल,पोर्चुगल।

“राई इज किङ्” अर्थात् गायक राजेश पायल राईले डा. महाविर पुनद्वारा स्थापित राष्ट्रिय अविष्कार केन्द्रको सहयोगको लागि पोर्चुगलमा एक सांगीतिक कन्सर्ट गरेका छन्।

नेपाली समाज साओ -तोतोनियो, अलेन्तेजोद्वारा आयोजित सो कार्यक्रममम त्यस क्षेत्रमा रहेका नेपालीहरुले गायक राईको सांगीतिक कन्सर्टमा भरपुर मनोरन्जन लिए।

समाजले कार्यक्रमाभएको खर्च काटेर बाँकी सम्पूर्ण रकम राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गर्ने जनाएको छ।

उक्त सांगीतिक कार्यक्रममा करिब एक हजार व्यक्तिहरुले गायक राईको संगीतको आनन्द लिएको समाजका कोषाध्यक्ष निश्चल क्षेत्रीले जानकारी दिएका छन्।

सयौ नेपाली चलचित्रका गीत गाइसकेका राईका दर्शन नमस्ते (भाग ४ सम्म) राई इज किङ, जदौं (भाग ३ सम्म), स्यामुनालगायतका गीति एल्बम रेकर्ड भएका छन् । उनले जापानिज र भोजपुरी गीत पनि गाएका छन् ।

देशमा मात्र नभै उनी विश्वभर नेपाली समुदायबीच स्टेज प्रस्तुति तथा साँस्कृतिक कार्यक्रममा व्यस्त भइरहने कलाकार हुन् । दुई दर्जन बढी राष्ट्रिय पुरष्कारहरुबाट पुरष्कृत राई १९९२ देखि निरन्तर सङ्गीत क्षेत्रमा लागिपरेका छन् ।

गायक राईले यसघि पोर्चुगलको राजधानी लिस्बनको प्रसिद्ध टाईम आउट स्टुडियोमा ९ फेब्रुवरीमा भब्य कन्सर्ट गरका थिए।

पोर्चुगलको कार्यक्रम सकेर गायक राई सांगीतिक यात्राको लागि बेलायत प्रस्थान गरेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार