लिस्बन।

पोर्चुगलको राजधानी लिस्बनमा एक मनी एक्सचेन्जबाट ७ लाख २० हजार युरो चोरी भएको छ। घटना शुक्रवार बेलुकीको हो।
अन्दाजी ३० देखि ४५ बर्ष उमेरका दुईजनाले राजधानी लिस्बनको मुटु मानिएको रोस्सियो स्क्वायरमा रहेको एक मनी एक्सचेन्जबाट उनीहरुले राष्ट्रिय र बिदेशी मुद्रा समेत गरी ७ लाख २० हजार युरो लुटेका छन्।
प्रहरीले सिसिटिभीको फुटेजको आधारमा संदिग्ध व्यक्तिहरुको खोजी गरिरहेको छ।
















