पोर्चुगलमा कोरोना भाइरस संदिग्धको संख्या ८५ पुग्यो: ७३ मा नेगेटिभ देखियो, १२ परिक्षणमा

– गणेश पाण्डेय, पोर्चुगल।

पोर्चुगलमा नयाँ कोरोना भाइरस ( कोभिड १९ ) को संकास्पद व्यक्तिको संख्या ८५ पुगेको छ।

गत २४ घण्टामा मात्रै थप १५ जनामा कोरोना भाइरसको संकास्पद लक्षणहरु देखिएको हो। हिजो मात्रै मदेइरा टापुमा कोरोनाको पहिलो संदिग्ध व्यक्ति भेटिएपछि परिक्षणका लागि क्वारेन्टाइनमा राखिएको छ।

पोर्चुगलमा कोरोनाको संकास्पद लक्षण देखिएका ८५ जना मध्ये परिक्षण पश्चात् ७३ जनामा कोरोना नेगेटिभ देखिएको र बाँकी १२ को परिक्षण भईरहेको स्वास्थ्य निर्देशनालय DGS ले जनाएको छ।

पोर्चुगलमा हालसम्म कसैमा पनि कोरोना भाइरस भएको पुष्टि भएको छैन ।

सन् २०१९ को डिसेम्बरमा चीनबाट शुरु भएको कोरोना भाइरसका कारण हालसम्म कम्तिमा २९८० जनाको मृत्यु भईसकेको छ भने ८७००० भन्दा बढी संक्रमित भएका छन्।

कोरोना भाइरसबाट संक्रमित भएकाहरुमध्ये उपचार पश्चात् ४१ हजारलाई निको भईसकेको छ।

कोरोना भाइरसबाट चीनमा मात्रै २८७३ को मृत्यु भईसकेको छ। चीनका अलावा इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, ताईवान , अष्ट्रेलिया , थाइल्याण्ड, अमेरिका र फिलिपिन्समा पनि कोरोना भाइरसका कारण मृत्यु भएको खबर छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार