लिस्बन।

लिस्बन र पोर्टोमा कोरोनाभाइरसको दुई नयाँ केसहरू पुष्टी भएको छ। पोर्चुगलमा कोरोना भाइरसका २ नयाँ केसहरु पुष्टि भएसंगै संक्रमितको संख्या ४ पुगेको छ।
पोर्तोमा एक ६० बर्षिय बृद्धमा कोरोनाको पुष्टि भएको छ। उनको अहिले पोर्तोकै साउ जॉओ अस्पतालमा उपचार भईरहेको छ।
त्यस्तै कुरोनाको नयाँ केसको पुष्टि लिस्बनमा एक ३७ बर्षीय युवामा भएको छ। उनको उपचार करी काब्राल अस्पतालमा भईरहेको छ।
कोरोना भाइरसका यी दुबै नयाँ केसहरुको पुष्टि स्वास्थ्य महानिर्देशालयले मंगलबार एक बिज्ञप्ती मार्फत् गरेको हो।
पोर्टोको साओ जोओ अस्पतालमा कोरोना भाइरसको थप ३ संकास्पद केसहरूको अनुसन्धान भईरहेको स्वास्थ्य महानिर्देशालयले जनाएको छ।
















