लिस्बन।

पोर्चुगलका शरणार्थी एजेन्सीहरूले टर्की हुदै युरोपमा प्रवेश गर्न खोजेका हजारौं आप्रवासी शरणार्थीलाई स्वागत गर्न तयार रहेको बताएका छन्। शरणार्थीलाई युरोपियन युनियनमा प्रवेश गर्न रोक्न नहुने उनीहरुले बताएका छन्।
टर्की समर्थित विद्रोही र सिरियाली सरकारी सेनाबीचको ठूलो लडाईको बीच डिसेम्बरदेखि लगभग करीव १० लाख सिरियाली शरणार्थीहरु युरोप छिर्न टर्की सीमानामा जम्मा भएका छन्।
टर्कीले पहिले नै ३७ लाख सिरियन शरणार्थीहरूको साथसाथै अफगानिस्तान जस्ता अन्य देशहरूबाट आएका आप्रवासीहरूलाई शरण दिईरहेको छ। यसभन्दा अघि टर्कीले सिरिया बोर्डरमा ९०० किलोमिटर वाल लगाएर उनीहरूलाई युरोप जान रोक लगाईएको थियो।
















