लिस्बन।

पोर्चुगलको स्वास्थ्य महानिर्देशनालयले बुधवार एक सूचना निकाल्दै कोरोना भाइरस संक्रमित पहिलो महिलाको पुष्टी गरेको छ। महिलामा भएको कोरोनाको यो पुष्टिसंगै पोर्चुगलमा संक्रमितको संख्या ६ पुगेको छ।
पोर्चुगलमा कोरोना भाइरसको छैठौ संक्रमित ब्यक्ति ४०-४९ बर्ष उमेरकी महिला लिस्बनमा भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
पोर्चुगलमा नयाँ भाइरसको ११७ संदिग्ध घटनाहरू छन्।
पोर्चुगलमा कोरोना संक्रमितहरुमा ३०-३९ उमेरका २ जना पुरुष छन् भने अर्का कोरोना संक्रमित २ पुरुषहरु ४०-४९ उमेर समुहका छन्। ६० बर्ष उमेर माथि संक्रमितको संख्या एक मात्र छ। कोरोना संक्रमित पुरुषहरु ३ जना पोर्तोमा , एक लिस्बन र एक कोइम्ब्रामा छन्।
स्वास्थ्य निर्देशनालयका अनुसार पोर्चुगलमा कोरोना भाइरसका चारकेसहरु आयातित छन्, जसमा एक स्पेनबाट र तीन इटालीबाट आयातित भएका हुन्।
















