लिस्बन।

पोर्चुगलको राजधानी लिस्बनको आमादोरामा अवस्थित एक बिद्यालयकी शिक्षिकामा कोरोना भाइरस पुष्टी भएको छ।
बिद्यालयकी शिक्षिकामा कोरोना देखिएपछि उनले अध्यापन गर्ने ६ वटा कक्षाहरु क्वारेन्टाइनमा राखिएको छ। संक्रमित शिक्षिकाका साथ सम्पर्कमा रहेका शिक्षक र परिचालन सहायकहरू पनि क्वारेन्टाइनमा राखिएको खबर छ।
कोरोना संक्रमित शिक्षिका मिलान इटालीमा बिदा मनाएर काममा फर्किएकी थिईन्।
कोरोना संक्रमित भौतिक रसायन विज्ञान पढाउने शिक्षिका करी क्याब्राल अस्पतालमा भर्ना भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
यो घटनासंगै पोर्चुगलमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ, जसमा २ महिला र ७ पुरुष छन्।
















