पोर्चुगलमा नक्कली फेसबुक प्रोफाइल बनाउदा अदालतद्वारा ८४६० युरो जरीवाना !

लिस्बन।

पोर्चुगलमा नक्कली फेसबुक प्रोफाइल बनाउने एक महिलालाई ब्रागाको अदालत जरिवाना गरेको छ। नक्कली फेसबुक प्रोफाइल बनाएर झुटो कथा लेख्ने महिलालाई अदालतले दोषी ठहर गर्दै ८४६० युरो जरिवाना गरिएको हो।

उनले नक्कली फेसबुक प्रोफाइल अकाउन्टबाट झुटो कथा लेखेर पत्रिकामा समचार छपाएकोले कम्प्युटर र विधुतीय जालसाझीको मुद्धा लगाईएको थियो। ३२ बर्षीय उनलाई मोडेल र फुटबलरको कथा बनाएर झुकाएकोमा अदालतले १९६० युरो र दुई जनाको नक्कली प्रोफाइल बनाएर दुई सहकर्मीको प्रतिष्ठामा आँच पुर्याएकोमा क्षतिपुर्ति स्वरुप ६५०० युरो दण्ड गरी कुल ८४६० युरो जरिवाना गरिएको छ।

 

उनले नक्कली फेसबुक अकाउन्ट मार्फत प्रेषित गरेको झुटो कथा पोर्चुगलका प्रमुख अखबारहरुले प्रमुख समाचारको रुपमा सम्प्रेषित गरेका थिए। कथा झुटो भएको तथ्य थाहा भएपछि धेरैजसो अखबारहरुले क्षमायाचना समेत गर्नुपरेको थियो।

प्रमाण प्राप्त गर्न अदालतले पोर्चुगल टेलिकम, प्रतिवादीको निवासमा टेलिकम्युनिकेसन प्रदायक, र दुई खाताको प्रयोगको बारेमा फेसबुक बिजनेस रेकर्डको सूचना प्रणालीको सहारा लिएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार