लिस्बन।

पोर्चुगलमा आज शनिवार मात्रै थप ५ जनामा कोरोना भाइरस पुष्टी भएको छ। थप ५ मा कोरोना पुष्टी भएसँगै पोर्चुगलमा संक्रमितको संख्या १८ पुगेको छ।
आज शनिवार संक्रमित पुष्टी भएका कोरोना संक्रमितहरुको पोर्तोमा साउ जॉऔ अस्पतालमा उपचार भईरहेको छ।
कोरोना पुष्टि भएका ५६ हजारभन्दा धेरै मानिस उपचार पछि निको
कोरोना भाइरस पुष्टि भएका ५६ हजारभन्दा धेरै मानिस उपचार पछि निको भएका छन् ।
अहिलेसम्म १ लाख १ हजार ९ सय ५४ जनालाई कोरोना संक्रमण भएकोमा ५६ हजार १ सय २३ जना उपचारपछि घर फर्किएका छन् भने ३ हजार ४ सय ६६ जनाको ज्यान गएको छ । ४२ हजार ३ सय ६५ जना अझै पनि सङ्क्रमित छन् ।
उनीहरुमध्ये ३५ हजार ९ सय ६४ जना सामान्य अवस्थामा रहेका र ६ हजार ४ सय १ जनाको अवस्था गम्भिर रहेको छ । अहिलेसम्म ९७ देशसहित जापानको योकोहामा रहेको डायमण्ड प्रिन्सेस क्रुजमा कोरोना संक्रमित भेटिएका छन् ।
गएको २४ घण्टामा थप ७९ जनाको ज्यान गएको छ । गएको २४ घण्टामा इटालीमा थप ४७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या २ सय नाघेको छ ।
बारम्बार साबुनपानीले हात धुने, खोक्दा र हाच्छँयू गर्दा रुमाल अथवा कपडाले नाकमुख छोप्ने र अनावश्यक रुपमा नाक, आँखा र मुख नछुने र छुनै परे साबुनपानीले हात धोएर मात्र छुने गर्दा पनि संभावित जोखिमबाट बच्न सकिने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
















