पोर्चुगलका राष्ट्रपति मर्सेलो कोरोना क्वारेन्टाइनमा !

लिस्बन।

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सौजालाई कोरोना भाइरसका कारण क्वारेन्टाइनमा राखिएको छ। राष्ट्रपतिले आज कोरोनाको परिक्षण गर्नेछन्।

राष्ट्रपति मार्सेलो फेलुगीरासको एक बिद्यालयमा कार्यक्रममा सरिक थिए, जहाका विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि भएको छ। यसकारण मर्सेलो अबका १५ दिन क्वारेन्टाइनमा आइसोलेसनमा बस्नेछन र कुनै पनि सार्वजनिक कार्यक्रममा सरिक हुनेछैनन्।

“७१ वर्षीय राष्ट्रपतिलाई कोरोनाको कुनै कुनै लक्षण छैन भनि परीक्षण भनि कोरोना परिक्षण एक रोकथाम उपायको रूपमा गरिनेछ,” राष्ट्रपतिको सचिवालयले जनाएको छ।

फेलुगीरासमा अहिले धेरै सार्वजनिक सेवाहरू बन्द छन्। फेलुगीरास र लौसादाका सम्पूर्ण बिद्यालयहरु हाललाई बन्द गरिएको छ।

स्वास्थ्य महानिर्देशनालयले पोर्चुगलमा कोरोनाभाइरसका ३१ वटा घटनाहरूको पुष्टि गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार