लिस्बन।

अल्गार्भमा एक स्कुले बिद्यार्थीकी आमा मा कोरोना देखिएपछि दुई बिद्यालयहरु बन्द गरिएको छ।
पोर्चुगलमा कोरोना संक्रमितको यो सबैभन्दा पछिल्लो घटनासंगै संक्रमितको संख्या ३१ पुगेको छ ।
कोरोना संक्रमित आमा आफ्नो १७ बर्षे छोरा र परिवारका साथ कार्निवल बिदामा इटाली गएकी थिईन्।
इटालीमा बिदा मनाएर पोर्चुगल फर्किए लगत्तै आमामा कोरोनाभाइरसको पुष्टि भएको हो। उनीसंगै बिदामा पोर्तिमोका एक अर्का स्कुलकी शिक्षिका पनि गएकोले सम्भावित खतरा कम गर्न पोर्तिमोका दुई बिद्यालय बन्द गरिएको छ।
कोरोना संक्रमित युवतीलाई पोर्टिमो अस्पतालबाट लिस्बन अस्पतालमा सारिएको छ ।
















