पोर्चुगलको भास्को दि गामा पुलको बिचमै कारमा आगो लाग्यो !

लिस्बन।

पोर्चुगलको लिस्बन अवस्थित १२.३ किलोमिटर लामो पश्चिम युरोपकै सबैभन्दा लामो पुल भास्को दि गामा पुलको बिचमै एउटा कारमा आगलागी भएको छ।

सोमबार दिउसो करिब १ बजेतिर पुलमा दक्षिणबाट उत्तरतिर आईरहेको कारमा एक्कासी आगलागी भएपछि कार जलेर क्षतिग्रस्त भएको छ।

आगलागीका कारण अहिले पुलमा आवतजावत बन्द गरिएको छ।

कार आगलागीमा कुनै पनि मानविय क्षति भने भएको छैन।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार