पोर्चुगलमा कोरोनाभाइरस संक्रमितको संख्या ११२ पुग्यो, १०७ अस्पतालमा भर्ना

लिस्बन।

पोर्चुगलमा नयाँ कोरोनाभाइरस संक्रमितको संख्या आज अशुक्रवार ११२ पुगेको छ। हजो बिहिवारसम्म संक्रमितको संख्या जम्मा ७८ थियो।

पोर्चुगलको स्वास्थ्य महानिर्देशनालायले सूचना अपडेट गर्दै भनेको छ , ” १३०८ जना कोरोनाको संकास्पद छन् भने १७२ जनाको स्वास्थ्य परिक्षणको नतिजा आउन पर्खिरहेका छन्।

पोर्चुगलमा कोरोना संक्रमणको ११ वटा सक्रिय प्रसारण श्रृंखलाहरू फेला परेका छन् जसमध्ये ९ जना स्पेनबाट, ५ जना फ्रान्सबाट, १५ जना इटालीबाट, ३ जना स्विजरल्याण्डबाट ३ जना , र जर्मनी र अष्ट्रियाबाट १-१ जना छन्।

पोर्चुगलमा कोरोना संक्रमित ११२ जनामध्ये १०७ जनाको अस्पतालमा उपचार भईरहेको छ।

पोर्चुगलमा हालसम्म कोरोनाका कारण मृत्युको रेकर्ड छैन।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार