पोर्चुगल : कोरोना भाइरस सतर्कता अवधिमा म्याद सकिने नागरिक कार्ड र ड्राइभिंग लाइसेन्सहरु निरन्तर प्रयोग गर्न सकिने !

लिस्बन।

कोरोना भाइरस सतर्कता अवधिमा म्याद सकिने नागरिक कार्ड र ड्राइभिंग लाइसेन्सहरु पोर्चुगलमा निरन्तर प्रयोग गर्न सकिने भएको छ। कोरोना भाइरसको संक्रमण रोक्न सरकारले यो निर्णय गरेको हो।

१३ मार्च शुक्रवार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय पारित गरेको हो। कोरोना भाइरस सतर्कता अवधि को १५ दिन अगाडी र पछाडी सकिने नागरिक कार्ड र ड्राइभिंग लाइसेन्सहरु कानुनतः अर्को व्यवस्था नहुन्जेलसम्म निरन्तर प्रयोग गर्न सकिनेछ।

सरकारले कोरोनाको संक्रमण र जोखिम कम गर्न नागरिक सेवा कार्यालयहरु ( Loja Do Cidadao ) मा प्राप्त हुने सेवाहरुमा कटौती गर्दै सकेसम्म डिजिटल सेवा लिन अनुरोध गरेको छ।

पोर्चुगलमा कोरोना संक्रमितको संख्या १६९ पुगेको छ भने २ जना संक्रमित निको भइसकेका छन् । हिजो शुक्रवारसम्म यो संख्या १२२ मात्रै थियो।

Citizen cards or driving licenses that expire during the period of alertness decreed by the Government to try to combat the coronavirus crisis can continue to be used.

“The acceptance by the public authorities, and for all legal purposes, of the display of documents whose validity period expires during the period of validity of this decree-law or in the 15 days immediately before or after”, it can be read in the communiqué of the Council of Ministers approved this Friday.

Among the measures approved, there is also the limitation of access to public services by citizens, with the Government advocating a greater use of digital services.

“The organization of public services, namely the reinforcement of digital services, the establishment of frequency limitations to ensure the possibility of maintaining a safe distance and the centralization of information to citizens about the presence of services,” according to the statement.

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार