कोरोनाका कारण पोर्तुगलमा भूमि सीमा लक् गर्ने तयारी

लिस्बन।

युरोपमा कोरोनाको बढ्दो संक्रमण र सन्त्रासका कारण धेरै युरोपियन देशहरुले आफ्नो भूमि लक् गरिसकेका छन्। जर्मनी, बेल्जियम, फ्रान्स, स्विट्जरल्याण्ड, इटाली, स्लोभेनिया, डेनमार्क, नर्वे लागायतका थुप्रै युरोपियन देशहरुले आफ्नो भुमि लक् गरिसकेको छन्।

पोर्चुगलमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या उल्लेख्य वृद्धि भएपछि पोर्तुगलमा भूमि सीमा GNR, SEF र DGS को सहकार्यमा नियन्त्रणमा तिब्रता गरिएको छ।

कोरोना संक्रमण बिस्तारको सम्भाव्यताको अध्ययन गर्दै सरकारले चाडै नै भुमि लक् गर्ने तयारी गरेको प्रधानमन्त्री एन्टोनियो कोस्टाले एक विज्ञप्ति मार्फत् घोषणा गरेका छन् ।

पोर्चुगलले हाललाई मदेइरा टापुमा युरोपियन युनियनका अन्य देशबाट हुने सम्पूर्ण उडानहरुमा रोक लगाएको छ।
 
एन्टोनियो कोस्टाले यो पनि घोषणा गरे कि अर्को सोमबार युरोपियन युनियनको आन्तरिक र बाह्य सीमानामा स्वास्थ्य नियन्त्रणका उपायहरू परिभाषित र अवलम्बन गर्न युरोपेली संघका आन्तरिक मामिला तथा स्वास्थ्य मन्त्रीहरूको भिडिओ कॉन्फरन्समार्फत् एउटा बिशेष बैठक आयोजना गरिनेछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार