कोरोनाका कारण देशभरका विद्यालय बन्द – परिवारहरूको लागि पोर्चुगल सरकारको आर्थिक सहयोग योजना यस्तो छ !

गणेश पाण्डेय, लिस्बन।

पोर्चुगलमा कोरोनाको महामारीलाई नियन्त्रण गर्न सरकारले सबैभन्दा कडा कदमहरू चालिसकेको छ। १४ मार्च सोमवारबा लागु हुनेगरी देशभरिका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द हुने भएका छन् ।

सरकारको यो निर्णयसंगै प्लेग्रुप , स्कूलदेखि विश्वविद्यालयसम्मका सम्पूर्ण कक्षाहरु बन्द रहनेछन्। सरकारको यो निर्णयले २० लाख बिद्यार्थीहरु प्रभावित हुनेछन्।

१२ बर्ष भन्दा कम उमेर वा आश्रित बच्चाहरू बिद्यालय जान नपाउदा उनीहरुको हेरचाहको लागि अभिभावक घरमै बस्नुपर्ने बाध्यतामा हुनेछन् र नियमित काममा जान असमर्थ हुनेछन् । शैक्षिक संस्थाहरु बन्द भएपछि यस्तो जटिल परिस्थितिमा परिवारलाई तत्काल सहयोगका लागि कामबाट अनुपस्थित हुनु पर्ने श्रमिकहरू, , प्रारम्भिक बाल्यकाल वा अशक्तताको परिवारका लागि सरकारले बिशेष र असाधारण सामाजिक सुरक्षाको हकदार हुनेछन् ।

यस्तो अवस्थामा काम गरिरहेका र सामाजिक सुरक्षा कर तिरिरहेका अभिभावकहरुले खाईपाई आएको तलवको दुई तिहाई रकम प्राप्त गर्नेछन् भने त्यसको एक भाग सामाजिक सुरक्षाले ब्यहोर्नेछ भने एक भाग रोजगारदाताले व्यहोर्नेछन्।

सरकारको यो सुबिधा र समर्थन प्राप्त गर्न तपाईंले आफ्नो रोजगारदातालाई आफ्नो कथन बुझाउनु पर्नेछ , जुन सामाजिक सुरक्षाबाट समर्थनका लागि आवेदन दिन जिम्मेवार छ।

आबेदनको कपि डाउनलोड गर्न यहाँ थिच्नुहोस्।
तपाईको अवस्थाको बारेमा अझै अन्यौलमा हुनुहुन्छ ? तपाईको परिस्थितिसँग मिल्ने प्रश्नोत्तर हेर्न यहाँ क्लिक गर्नुहोस्।

अझै सन्तुष्ट हुनुहुन्न, वा के गर्ने भन्ने बारे अन्यौल हुनुहुन्छ ? आफ्नो रोजगारदाता वा सोसियल सेगुरान्स कार्यालयमा 300502502 मा सम्पर्क गरेर परामर्श लिन सक्नुहुनेछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार