पोर्चुगलमा कोरोनाको नियन्त्रण र उपचारको चुनौतीमा खटिएका स्वास्थ्यकर्मीहरूप्रति समर्पित हुदै आशा र उर्जाका लागि थपडीले “चियर अप ” !

लिस्बन।

पोर्चुगलमा कोरोनाको नियन्त्रण र उपचारको चुनौतीमा खटिएका स्वास्थ्यकर्मीहरूप्रति समर्पित हुदै आशा र उर्जाका लागि देशैभर आज राति १० बजे सबैले आ-आफ्नो ठाउँबाट लामो समयसम्म थपडी बजाएर चियर अप गरे।

१० बजे सबैजना आ-आफ्नो घरको झ्याल, बालकनी आएर वा जो जहाँ छन् , त्यहीबाट थपडीले देशमा कोरोनाको संक्रमण नियन्त्रण र संक्रमितहरुको उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरू र स्वास्थ्य पेशेवरहरूको कामको सराहना गरे।

पोर्चुगलमा हालसम्म १६९ जनामा कोरोना संक्रमण भएको छ भने २ जना संक्रमित निको भईसकेका छन्।

👏👏👏 🙏🏻#somostodosSNS

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार