कोरोना संक्रमितहरुको उपचारको लागि रोनाल्डोले आफ्ना सबै होटेल अस्पताल बनाउदै !

एजेन्सी।

पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका खेलाडी क्रिस्टियानो रोनाल्डोले कोरोना भाइरस ( कोभिड – १९ ) को संक्रमण जाँच तथा संक्रमित बिरामीको उपचार गर्न सञ्चालनमा रहेका आफ्ना सबै होटलहरूलाई हस्पिटलका रूपमा रूपान्तारण गर्ने भएका छन् ।

उनले सबैभन्दा पहिला पोर्चुगलमा रहेको आफ्नो होटल ‘ पेस्टाना सिआर सेभेन ‘ लाई खाली गराएर हस्पिटल बनाउन थालेका छन् । स्पेनिस खेलपत्रिका मारकाले जनाए अनुसार उनले त्यसका लागि भौतिक र प्राविधिक तयारी थालिसकेका छन् । कम्तीमा अर्को साताबाट हस्पिटलबाट बिरामीलाई सेवा दिन थालिने रोनाल्डोले बताएका छन् ।

रोनाल्डोले मिडियासँग कुरा गर्दै आफ्नो होटलबाट कोरोनाको जाँच तथा संक्रमित बिरामीको सम्पूर्ण उपचार , हेरचाह र हस्पिटलमा रहुन्जेल खानपान सबै खर्च निःशुल्क दिलाउने घोषणा पनि गरेका छन् ।

त्यस्तै , रोनाल्डोले हस्पिटलमा आवश्यक पर्ने प्रविधि , औषधि तथा अन्य आवश्यक उपकरण पनि निजी खर्चमा व्यवस्थापन गर्नेछन् । त्यस्तै , उपचारक्रममा आवश्यक जनशक्तिका रूपमा विशेषज्ञ डाक्टरको टोली , नर्सको टोली र अन्य कर्मचारीको सम्पूर्ण खर्च पनि उनैले व्यहोर्नेछन् ।

रोनाल्डो एक विश्वचर्चित खेलाडी हुनुका साथै उनी सामाजिक काममा सबैभन्दा अगाडि रहेका खेलाडी हुन् । उनले आफ्नो कमाइको ठूलो हिस्सा सामाजिक काम , दान र सहयोगमा लगाउने गरेका छन् । उनले फेरि एकपटक संकटका बेला व्यक्तिगत रूपमा महामारीका बिरामीलाई आफ्नै खर्चले उपचार गराउने कामले उनको उचाइलाई थप उचाइ दिएको छ ।

रोनाल्डोको यस्तो घोषणा र निर्णयबाट विश्वभरिका मिडियाले उनको तारिफ गरिरहेका समाचार संप्रेषण गरिरहेका छन् । दुई दिअघि मात्रै उनले सार्वजनिक रूपमा एक सन्देश दिँदै कोरोनाजस्तो महामारीसँग एक भएर लइन र पहिला अन्य कुरा छाडेर जीवनरक्षाका लागि लड्न आह्वान गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार