फारो ।

पोर्चुगलको फारोमा कृषि मजदुरको रुपमा ग्रामीण इलाकामा काम गर्ने एक नेपाली नागरिकलाई कोरोना संक्रमण भएको छ। फारो नगरपालिकाका मेयर रोगिरियो बाकलहाउले सो घटनाको पुष्टी गरेका छन्।
फारोका मेयरका अनुसार स्वास्थ्य निर्देशनालयको मस्यौदाले कोरोना संक्रमित नेपाली सहित अन्य नयाँ बिरामीको पुष्टि भएको हो ।
कोरोना संक्रमित कृषि मजदुर नेपाली नागरिक भएको पुष्टि भएतापनि उनको नाम , उमेरको बारेमा केही खुलाईएको छैन। कोरोना संक्रमित ति नेपालीले कति मानिससँग काम गर्दछन्, कहाँ र कति कति मानिसहरुसंग बस्छन् , अनि उनको सम्पर्कमा को को कति जना मान्छेहरु रहेका थिए, त्यसको अनुसन्धान भईरहेको र कोरोनाबाट अन्यलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने उपायहरू अवलम्बन गरिनेछ ।
फारोका मेयरले स्थानीयहरुलाई “घरमै रहन र धेरै मानिसहरू भएको ठाउँमा नजान, क्याफेमा जान र भेला नहुन ” र सरकार र सरकारी अधिकारीहरूको निर्देशनलाई पालना गर्न अपील गरेका छन् ।
पोर्चुगलमा अहिलेसम्म २४५ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । आजमात्रै थप ७६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
NEPALI AGRICULTURE WORKER INFECTED WITH CORONA VIRUS ( COVID – 19 ) IN FARO.

Case confirmed in the South Information by Rogério Bacalhau
A Nepalese citizen, who “works in the countryside in the interior of the county”, is the first confirmed case of Covid-19 in the municipality of Faro, revealed the mayor Rogério Bacalhau to the South Information.
According to the Mayor of Faro, the case was confirmed already after the bulletin of the General Health Directorate was drafted and joins the other confirmed patients this afternoon, in Silves, and those already known since morning.
Rogério Bacalhau still did not have more information about the case in Faro, namely the age of the patient, how many people work with the infected man, with whom he shares accommodation and what measures to contain the virus have been taken or will be imposed.
The Mayor of Faro appealed to the population to “stay at home and to avoid going to places with a lot of people, going to cafes and socializing” and respecting the instructions of the authorities.
















