पोर्तो।

जीएनआर सैनिकका एक चिकित्सकलाई कोरोना भाइरसको संक्रमण देखिएपछि उनको सम्पर्कमा रहेका १६ जिएनार सैनिक अधिकारीहरुलाई क्वारेन्टाइनमा राखिएको छ।
जीएनआर ब्यारेकमा कार्यरत जीएनआर सैनिक अधिकारी अस्वस्थ भएपछि उनमा परिक्षण गर्दा कोरोना संक्रमण देखिएको हो। उनमा कोरोना पोजेटिभ देखिएपछि सम्पर्कमा भएका सबै १६ जना सैनिक अधिकारीहरुलाई घरमा आइसोलेशनमा राखिएको छ।
ति १६ जना सैनिक अधिकारीहरुलाई दुइ हप्ता सेल्फ आइसोलेसनमा राखेर कोरोना संक्रमणको परिक्षण गरिने जिएनआर ले जनाएको छ।
















