‘अमेरिकन आइडल’को दोस्रो राउण्डमा नेपाली युवा गायक दिवेश पोखरेल शानदार प्रस्तुती दिएपछि जजले खुलेर तारिफ गरे ! हेर्नुहोस् भिडियो!

काठमाडौं ।

अमेरिकाको रियालिटी शो ‘अमेरिकन आइडल’को पहिलो राउण्डमा नै जजको मन जितेका नेपाली युवा गायक दिवेश पोखरेलको दोस्रो राउण्ड पनि जजले खुबै रुचाएका छन् ।

अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीको अगाडि प्रस्तुती दिँदै पहिलो राउण्डमा विश्वभर चर्चा कमाएका दिवेसले दोस्रो राउण्डका लागी दिएको प्रस्तुती पनि जज र दर्शकले खुबै रुचाएका छन् ।

नमस्ते गर्दै दोस्रो राउण्डमा प्रवेश गर्दा उनकी दिदी रुपा र दर्शकहरुले उनको प्रस्तुतीमा उठेर नाच्न थालेपछि जजहरुले पनि उठेर सम्मान दिएका थिए । दिवेशले दोस्रो राउण्डमा झनै राम्रो गाएको भन्दै अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीले उनको खुलेर प्रशंसा गरेका छन् ।

हेर्नुहोस् भिडियो !

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार