COVID-19 को प्रभाव : फेब्रुअरी २४ पछि म्याद सकिने कागजपत्रहरु जुन ३० सम्म मान्य हुने !

प्रविन धिताल, लिस्बन ।

कोरोना भाइरस ( कोभिड १९ ) को महामारीको चिनपछि युरोप आक्रान्त भयो। पोर्चुगलमा पनि पछिल्लो एक सातादेखि कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो।

पोर्चुगलमा कोरोनाको संक्रमण रोक्न सरकारले कठोर कदमहरु चालेको छ। देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरिएका छन्। सभा, सम्मेलन र भेला हुने सम्पूर्ण कार्यक्रमहरु रद्ध गरिएका छन्। पुरै देशमा सतर्कता घोषणा गरिएको छ र संकटकाल लागाउनेबारे उच्च तहमा छलफल चलिरहेको छ।

देशलाई लकडाउन गर्दै स्पेनसंग जम्मा ९ नाकाहरु मात्रै सिमित सुविधाका लागि खुल्ला गरिएको छ। धेरै देशहरुसंग हवाई मार्ग पनि बन्द गरिएको छ।

कोरोना भाइरसको महामारीको स्थितिलाई रोकथाम गर्न असाधारण उपायहरूको अवलम्बन गर्ने वर्तमान परिप्रेक्षमा नागरिकहरूले सार्वजनिक सेवाहरू पहुँच गर्न डिजिटल / इन्टरनेट र टेलिफोन च्यानलहरूको प्रयोग गर्न सिफारिस गरिएको छ ।

यस्तो अवस्थामा नागरिक सेवा र सार्वजनिक सेवाहरु सुचारु हुन नसक्दा पोर्चुगलको सरकारले फेब्रुअरी २४ पछि म्याद सकिने केही महत्वपुर्ण कागजपत्रहरु जुन ३० सम्म मान्य हुने निर्णय गरेको छ। यी कागजपत्रहरु फेब्रुअरी २४ पछि म्याद सकिएपनि पनि मान्य हुनेछन् :

१. नागरिक कार्ड – Citizen Card
२. सवारीचालक अनुमतिपत्र – Driving license
३. आपराधिक रेकर्ड – Criminal record
४. प्रमाणपत्र – Certificates
५. राष्ट्रिय क्षेत्र मा रहन अनुमति कागजात र भिसा – Documents and visas related to the stay in national territory.

यी माथि उल्लेखित कागजातहरू नवीकरण गर्नुपर्दैन र सबै कानुनी उद्देश्यहरूको लागि स्वीकार हुनेछन् ।

सरकारी र सार्वजनिक सेवाहरु इलेक्ट्रोनिक माध्यमबाट लिन E – Portal मा क्लिक गर्नुहोस्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार