पोर्चुगलमा आपतकाल लगाउने बारे प्रधानमन्त्री कोस्टा र राष्ट्रपति मार्सेलोबिच छलफल

सुरेश जोशी, लिस्बन।

पोर्चुगलमा कोरोना भाइरस संक्रमणसंगै देशमा आपतकाल लागाउनेबारे छलफल गर्न आज प्रधानमन्त्री एन्टोनियो कोस्टा र राष्ट्रपति मार्सेलो रेबेलो डे सौजाबिच भेटवार्ता र छलफल भएको छ।

राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले घोषणा गरे कि उनी आज राती देशवासीको नाममा बिशेष सम्बोधन गर्नेछन। राष्ट्रपतिको तर्फबाट देशमा आपतकालिन अवस्था घोषणा गर्न सबै थोक तयार छन्। राष्ट्रपति पदको डिक्री ( प्रस्ताव दस्तावेज ) तयार छ। राष्ट्रपतिले आज बिहान १० बजे बस्ने राज्यसभाको समितिको समर्थनको प्रतिक्षा गरेका छन् , जसमा सरकारलाई संसदबाट राय लिन र आधिकारिकता मागिएको छ ।


 
गणतन्त्र सभा र राज्यसभाबाट राष्ट्रपतिको प्रस्तावमा समर्थन प्राप्त गरेको खण्डमा राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले देशको आपतकालिन राज्य घोषणा गर्ने निर्णय गरेको छन् , जुन आज बुधबार मध्यरातबाट नै लागु हुनेछ।

राष्ट्रपतिको प्रस्तावलाई गणतन्त्रसभा वा राज्यसभाले पारित गरेमा राष्ट्रपतिले दिनभर प्रक्रियालाई छिटो बनाउन आवश्यक कदम चाल्नेछन् ।

बेलेमको दरबारमाराष्ट्रपति मार्सेलोको प्रस्ताव स्वीकृत हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार