पोर्चुगल: सेफका बायोमेट्रिक सहितका सेवाहरु यथावत् , परराष्ट्र मन्त्रालय ( अलकान्त्रा ) को सेवा समय परिवर्तन

गणेश पाण्डेय , लिस्बन।

कोरोना भाइरस संक्रमणका कारण पोर्चुगलमा अधिकांस सार्वजनिक र नागरिक सेवाहरुमा ढिलासुस्ती र अवरुद्धता भएतापनि सेफले आफ्ना सेवाहरु सुचारु नै राखेको छ।

सेफले आफ्ना च्यानलहरु मार्फत् सेवाग्राहीहरुलाई सिधै सम्पर्क नगरेसम्म सम्पुर्ण सेवाग्राहीहरुलाई आफ्नो पुर्व निर्धारित अपोइन्टमेन्ट तालिका अनुसार नै सेवा लिन अनुरोध गरेको छ। सेफका सेवाहरुमा कुनै परिवर्तन भएमा संचारका आफ्ना च्यानल मार्फत् सेवाग्राहीहरुलाई सूचना सम्प्रेषण गर्ने सेफले जनाएको छ।

त्यस्तै राजधानी लिस्बनको अलकान्त्रास्थित परराष्ट्र मन्त्रालयले समेत कागजात प्रमाणीकरण सेवालाई निरन्तरता दिएको छ। तर परराष्ट्र मन्त्रालयले आफ्नो सेवाको समय भने हेरफेर गरेको छ। कोरोना भाइरसका कारण अलकान्त्रास्थित परराष्ट्र मन्त्रालयले कागजात प्रणामी करणको समय मार्च १८ तारिखबाट लागु हुनेगरी बिहान ९ बजेदेखि १२ बजेसम्म निर्धारण गरेको छ।


#फोटो: लाल नेपाली

कोरोना भाइरसका कारण संक्रमण नियन्त्रण गर्न सामाजिक दुरी ( Social Distance ) राख्नुपर्ने र एक एक गरी मात्रै सेवा दिईने भएकोले सेवामा केही ढिलाई भने हुनसक्नेछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार