लिस्बन।

पोर्चुगलमा आपतकालिन राज्यको घोषणा गरिएको छ।
प्रधानमन्त्री एन्टोनियो कोस्टाले घोषणा गरेका छन कि सरकारले गणतन्त्र पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाको देशलाई आपतकालिन अवस्थाको निर्णयलाई समर्थन गरेको छ ।
प्रधानमन्त्रीले लिस्बनको अजुदा दरबारमा भएको मन्त्रिपरिषद्को आपतकालीन बैठक गरेपछि उक्त निर्णय गरिएको हो।

अहिलेसम्म पोर्चुगलमा नेपालीसहित ६४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । अहिलेसम्म २ जनाको मृत्यु भइसकेको छ ।
आजैमात्र पोर्चुगलमा थप १९४ जनामा संक्रमण पुष्टी भएको हो । केहीदिन अगाडि पोर्चुगलको फारोमा बस्ने एकजना नेपालीमा संक्रमण पुष्टी भएको थियो । त्यसपछि उनीसँग सम्पर्कमा आएका नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।
पोर्चुगलसँग सिमा जोडिएको स्पेनमा कोरोना संक्रमण तीब्र गतिमा बढ्दा पोर्चुगलमा त्रास बढेको छ । स्पेनमा १३ हजार ९ सय १० मा संक्रमण पुष्टी भएको छ भने आजैमात्र २ हजार ८४ मा संक्रमण पुष्टी भएको छ ।
युरोपको इटली, जर्मनी र फ्रान्सले कोरोना संक्रमणको भयाभह अवस्था सामना गरिरहेका छन् । इटलीमा अहिलेसम्म २९७८ जनाको मृत्यु भएको छ भने ३५ हजार ७ सय १३ मा संक्रमण पुष्टी भएको छ ।
जर्मनीमा ११ हजार ३ सय २ मा संक्रमण भएको छ भने २७ जनाको मृत्यु भएको छ । त्यस्तै फान्समा ७ हजार ७ सय ३० मा संक्रमण भएको छ भने १७५ जनाको मृत्यु भएको छ ।

STATE OF EMERGENCY ANNOUNCED IN PORTUGAL.
Prime Minister, António Costa, has announced that the Government supports the decision of the President of the Republic, Marcelo Rebelo de Sousa, to enact a state of emergency in the country.
The communication was made by the Prime Minister after an urgent meeting of the Council of Ministers, which took place at the Ajuda Palace, in Lisbon.
More details to follow soon.
















