कम्पला।

युगाण्डाको क्याम्पालामा नेपाली बाणिज्यदूतबासको विधिवत उद्घाटन भएको छ ।
युगाण्डाका लागि नेपाली अवैतनिक महाबाणिज्यदूत सुधिर रुपारेलियाले ओहदाको प्रमाण पत्र बुझाएका छन् । उनले युगाण्डाका विदेश मामला मन्त्री साम कुटेसालाई ओहदाको प्रमाण पत्र बुझाएका हुन् ।

मार्च १७ भएको बिशेष कार्यक्रममा बोक्दै नेपाली बाणिज्यदूत रुपारेलियाले बोल्दै दुई देशबिच व्यापार कारोवारलाई जोड्ने बताए ।
उनले युगाण्डामा रहेका ब्यापार समुदायलाई नेपालमा अवसर प्रदान गर्ने कुरामा जोड दिए । उक्त कार्यक्रममा इजिप्टका लागि नेपाली राजदुत झबिन्द्र अर्यालको पनि उपस्थिति रहेको थियो ।

अफ्रीकाका अर्बपति र विभिन्न ठूला ब्यबसायका मालिक सुधिर रुपारेलियालाई नेपाल सरकारले गत फेब्रुअरी महिनामा अवैतनिक बाणिज्यदूत नियुक्त गरेको थियो ।
















