कोरोनाभाईरस : लिस्बन मेट्रोमा टिकट र पासहरु नचाहिने, सबै गेटहरु खुल्ला

लिस्बन।

लिस्बन मेट्रोमा टिकट र पासहरु नचाहिने भएको छ। लिस्बन महानगरपालिकाले कोरोनाको सम्भावित संक्रमण रोक्न लिस्बन मेट्रोका सम्पूर्ण प्रवेश गेटहरु खुल्ला गरेको छ।

कोरोना संक्रमण फैलिन नदिन लिस्बनका सम्पूर्ण सार्वजनिक यातायातहरु र मेट्रोहरुमा हरेक दिन बिशेष सरसफाई गरिदै आएतापनि कोरोनाको थप संक्रमणको च्यानलहरु धेरै यात्रुहरुले सार्वजनिक यातायातमा छुने स्थानहरु जस्तै ” इन्ट्री पास गेट ” ” पास छुने ठाउँ ” “आदि भएकोले सम्पूर्ण मेट्रोहरुमा टिकट र पासहरु नचाहिने निर्णय लिस्बन महानगरपालिकाले लिएको हो।

त्यस्तै सार्वजनिक यातायातका क्यारिसका सम्पूर्ण बसहरुमा समेत पास र टिकटहरु छुनु नपर्ने भएको छ भने बसहरुमा यात्रा गर्दा ड्राइभरसँग सामाजिक दुरी कायम गर्न अगाडिको ढोका बन्द गरिएको छ। यात्रुहरुले पछाडिको धोका मात्रै प्रयोग गरेर पहिले ओर्लने यात्रुहरुलाई प्राथमिकता दिएर मात्रै गाडीहरुमा चढ्न अनुरोध गरिएको छ।

त्यसै सार्वजनिक यातायातहरुमा कोरोना संक्रमण कम गर्न ” स्टप ” ( STOP ) बटन थिच्नु नपर्ने भएको छ। बसहरु हरेक स्टपमा आफै रोकिनेछन्। कोरोनाको संक्रमण रोक्न सार्वजनिक यातायात कम्पनी “क्यारिस”, लिस्बन मेट्रो र लिस्बन महानगरपालिकाले दिएका सुझावहरु पूर्णरुपमा अवलम्बन गर्न अनुरोध गरिएको छ।

१८ मार्चसम्मको तथ्यांक अनुसार पोर्चुगलमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६४२ पुगेको छ भने २ जनाको मृत्यु समेत भईसकेको छ। देशमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार