पोर्तुगल : कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुग्यो

लिस्बन।

पोर्चुगलमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।

आज बिहानसम्म मृतकको संख्या ३ थियो। चौथौं व्यक्तिको मृत्यु ओवरमा भएको हो।

कोरोना संक्रमणबाट मृत्यु भएका चौथौ व्यक्तिको पुष्टि ओवरका मेयर साल्भादोर मल्हेइरोले गरेका हुन्।

पोर्चुगलको स्वास्थ्य महानिर्देशनालयले हरेक दिन देउसो कोरोना भाइरस सम्बन्धी पछिल्लो २४ घण्टाको अपडेट पत्रकार सम्मेलन गरेर दिने गर्दछ।

पछिल्लो तथ्यांक अनुसार पोर्चुगलमा कोरोना भाइरस संक्रमितको संख्या ७८५ पुगेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार