प्रविन धिताल, लिस्बन।
पोर्चुगलमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ।
पाओस डि फेरेराका मेयर हम्बर्टो ब्रिटोले ६४ बर्षीय एक व्यक्तिको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका छन्।
पोर्चुगलमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन्।
पोर्चुगलको स्वास्थ्य महानिर्देशनालयले हरेक दिन देउसो कोरोना भाइरस सम्बन्धी पछिल्लो २४ घण्टाको अपडेट पत्रकार सम्मेलन गरेर दिने गर्दछ।
पछिल्लो तथ्यांक अनुसार पोर्चुगलमा कोरोना भाइरस संक्रमितको संख्या ७८५ पुगेको छ।
















