लिस्बन

पोर्चुगलमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या १०२० पुगेको छ। पछिल्लो २४ घण्टामा थप २३५ जना कोरोना संक्रमितहरुको पुष्टि भएको हो।
कोरोना संक्रमणबाट हालसम्म ६ जनाले ज्यान गुमाएका छन् ।
कोरोना संक्रमणपछि उपचार पश्चात् ५ जना रिकभर ( निको ) भएका छन् |
https://www.facebook.com/voiceofnepaltv/videos/230463091405724/
स्वास्थ्य महानिर्देशनालयले पोर्चुगलमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।
पोर्चुगलको स्वास्थ्य महानिर्देशनालयले हरेक दिन दिउसो १२ बजे कोरोना भाइरस सम्बन्धी पछिल्लो २४ घण्टाको अपडेट पत्रकार सम्मेलन गरेर दिने गर्दछ।
















