लिस्बन।

पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट मृत्यु हुनेको संख्या १२ पुगेको छ भने हालसम्म १२८० जना संक्रमित भएका छन्।
पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको र २६० जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा मृत्यु हुनेमा उत्तरमा थप ३ जना ( हालसम्म ४ ) , केन्द्रमा थप २ जना ( हालसम्म ४ ) , लिस्बनमा थप १ जना ( हालसम्म ३ ) छन्। अल्गार्भमा एकको मृत्यु भएको अघिल्लो दिनको तथ्यांकमा समाबेश छ।
https://www.facebook.com/voiceofnepaltv/videos/146724646653811/
कोरोना संक्रमणको उपचारपछि हालसम्म ५ जना निको भईसकेका छन्।
कोरोना संक्रमितहरुमध्ये ९ जना मात्रै बिदेशी नागरिक रहेको तथ्यांकमा उल्लेख छ।
















