नेपालमा कोरोना भाइरस : शुन्यलाई शुन्यमै राख्न चलचित्रकर्मी नवल खड्काका ६ टिप्स !

काठमाडौँ।

नेपलममा कोरोना संक्रमितको संख्या हालसम्म शुन्य छ। पछिल्लो तथ्यांकले हालसम्म जम्मा एक जना नेपालीमा कोरोनाको लक्षणहरु देखिएको र उपचार पस्चात निको भएर घर फर्किसकिएको देखाएको छ।

यसै सन्दर्भमा चलचित्रकर्मी नवल खड्काले नेपालमा कोरोना संक्रमितको संख्यालाई शुन्यमै राख्न यस्ता ६ टिप्स दिएका छन्।

कोभिड–१९ भाइरसलाई भिसा चाहिदैन। यो भिसा लागेका व्यक्तिसँगै सजिलै नेपाल छिर्न सक्छ। यस्ता उपायहरु अवलम्बन गरौ।

१. विदेशबाट प्रवेश गर्नुहुने प्रियजनहरु कम्तिमा १४ दिन क्वारेन्टाइनमा बसिदिनुस्। ज्वरो र खोकी आएमा परिक्षणका लागि स्वास्थ्य जाँच तथा परिक्षण गराउनुहोस्।

२. स्वदेशमा रहेका हामीहरु सरकारले जारी गरेको आव्हानलाई पालन गरौं। अत्यावश्यक काम नभई बाहिर ननिस्कौं।

३. सरसफाइमा अरुबेला भन्दा बढी ध्यान दिऔं। हातमुख तथा अनुहार सफाइ राख्न सावुनपानीको प्रयोग गरौं। उपलव्ध भएमा स्यानीटाइजर प्रयोग गरौं।भाँडावर्तन सावुनपानीले सफा गरी प्रयोग गरौं।

४. ठूला तथा साना व्यवशायीहरु दैनिक अत्यावश्यक सामान उपलव्ध गराउने सामाजिक दायित्व पुरा गरौं |

५. उपभोक्ताहरु कालाबजारी गर्ने र आपूर्तिमा बाधा पुर्‍याउने सवै तहका कालाबजारीलाई कानूनको कठघरामा पुर्‍याउन सरकारलाई सूचना गरौं।

६. अन्त्यमा ,तर ज्यादै महत्वपूर्ण सरोकार भएका स्वास्थ्यकर्मी लगायत सरकारका सबै अङ्गहरु भाइरसको प्रकोपको रोकथामका लागि प्रधानमन्त्रिले गर्नु भएको सम्वोधनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न परिचालित होऔं।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार