बेल्जियममा कोरोना भाईरस : २८१५ संक्रमित , ६७ को मृत्यु !

रमेश कँडेल, बेल्जियम।

बेल्जियममा गत २४ घन्टामा थप ५५८ जनालाई कोरोना भाईरस संक्रमण भएको छ, यो संगै बेल्जियममा कोरोना संक्रमितको संख्या २८१५ पुगेको छ।

संक्रमितहरुमध्ये १६५८ (५८%) Vlaanderen, ७५४ (२७%) Wallonië, ३३५ (१२%) Brussel र ठेगाना थाहा नभएको ९८ (३%) रहेका छन्।

अहिले सम्म बेल्जियममा कोरोना भाईरसको संक्रमणबाट ६७ जनाले आफ्नो ज्यान गुमाउनु परेको छ। पछिल्लो २४ घण्टामा २९९ जना कोरोना भाईरस संक्रमितहरुलाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ भने ५८ जना उपचार पछी घर फर्किएका छन्।

मार्च १३ देखी २० सम्म ११२७ जनालाई अस्पतालमा भर्ना गरिएकोमा २६४ जना उपचार पछी घर फर्केका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार