लिस्बन ।

लिस्बनका लागि अवैतनिक नेपाली वाणिज्यदूतावासले कोरोना महामारीबाट स्वास्थ्य समस्या तथा आकस्मिक आपत विपतमा परेका नेपालीलाई सहयोग र परामर्श गर्ने जनाएको छ । पोर्चुगलको सरकारले जारी गरेको आपत्कालीन घोषणाको आचारसंहिता पालना गरी सुरक्षित रहन र सतर्कता अपनाउन वाणिज्यदूतावासले अनुरोध समेत गरेको छ ।
पोर्तुगलमा रहने नेपालीहरुले सहयोग र परामर्श लागि सम्पर्कका गर्नुपरेमा सिधै मोबाइल नम्बर ९६९१९०९१९ मा सम्पर्क गर्न सकिने उल्लेख गरेको छ ।
वाणिज्यदूतावासले फेसबुकमा गरेको आव्हान !
















