जीवन गाउँले, लण्डन ।

नेपालबाट बेलायत उच्च शिक्षा हासिल गर्न आएका विद्यार्थीहरु अहिले कोरोनाको चपेटामा परेका छन् । हालसम्म मैले देखेको मध्येमा हामी सम्पूर्ण बिदेशिएका बिदेशी नेपालीहरू ९९% निम्न मध्यम बर्गिय नैं छौं ।
हिजो तपाई हामी पनि त्यहि स्टेज पार गरेर आएका हौं, जुन चरणमा भर्खरै बेलायत अध्ययन गर्न आएका नयाँ नेपाली बिद्यार्थीहरु छन् । आफ्नो अतीतलाई कहिलै नर्विसौं । अचेल स्थापित भईसकेका कयौ नेपालीहरुको व्यवसायमा हिजोको दिन त्यही बिद्यार्थीहरु नै श्रमशक्ति थिए, त्यहि बिद्यार्थीहरुको श्रम र पसिनामा कयौ नेपालीहरु बेलायतमा स्थापित भए भने कयौ नेपालीहरु यी जस्तै नेपाली बिद्यार्थीहरुको पसिना र रगत चुस्ने ब्वासा बनेको इतिहातले एक दशक पनि काटेको छैन।
पिडामा भएका नेपाली बिद्यार्थीलाई सहयोग गने सन्दर्भमा ठुलाबडाले कुरा निकाले ” नेपालबाट आउदा देखाएको बैंक ब्यालेन्स ” । यदि तपाई हामी यहाँ नभएर नेपालमैं भएको भए, जसरी बिदेशिएका आम विद्यार्थीले गरेका छन् , त्यसरी नैं गरिन्थ्यो । हामी बेलायती नेपालीको छोराछोरीहरूले उच्च शिक्षा लिदा ९५-९९% स्टुडेन्ट लोन मैं पढदछौं | फरक यति हो,यहाँका विद्यार्थीलाई सरकारले ऋण दिन्छ, तर नेपालबाट आएकाहरु आफै कमाएर बिश्वविद्यालयको शुल्क मात्रै आफै तिर्दैनन् , नेपालबाट बेलायत आउदा घरखेत बन्धकी राखेको ऋण समेत तिर्छन् । त्यसैले नेपालबाट पढन आएका विद्यार्थीलाई घृणा हैन, सकिन्छ सहयोग गरौं, सकिदैनभने हौंसला दिऔं ।
बेलायतमा ३०० भन्दा बढी संगठनहरू छन्। विद्यार्थीप्रति कसैले पनि त्यति धेरै चासो र अग्रसरता देखिदैन । नेपालीको छाता संगठन कसलाई भन्नु खै ? किन कि बिधार्थी कुनै संगठनमा अटाउदैनन् । बिचरा दु:ख पाएका बिधार्थीहरु बिरानो भूमिमा यत्ति ठुलो आशामा हुन्छन्, तर के गर्ने ? छहारी बिनाको रूख जस्तै हुन्छन सधै ।
हाम्रा नेपाली मुलका बेलायती समाजसेवीहरूले भाषण र फेसबुकका भित्ताहरूमा भन्छन, ” यो र त्यो गर्छु भनेर, तर ब्यबहारमा भने कमैले मात्र लागु गर्छन् । खोक्रो समाजसेवी हुन सबैलाई मन लाग्छ, तर रियलमा सहयोग गर्ने धेरै कम हुन्छन। सामाजिक संजालमा देखिने ‘रिल लाइफ र रियल लाइफ’ निकै नै फरक पो हुदोरहेछ”।
दु:खको समयमा सकिन्छ भने सबैलाई सहयोग गरौं। भोली कस्ले देखेको छ र ? पालो तपाई हाम्रो पनि आउन सक्छ। बेलायत बसाइको १२ बर्षको मेरो भोगाई यहि हो। पढ्दापढ्दै तपाईलाई ठेस पुग्यो, क्षमा चाहान्छु ।















