कोरोनाभाईरस : बेल्जियममा ७ लाख बेरोजगार, कसरी पाउने भत्ता ? – संक्रमितको संख्या ३७४३ पुग्यो, ८८ को मृत्यु !

रमेश कँडेल , ब्रुज।

बेल्जियममा गत २४ घन्टामा ३४२ जनालाई कोरोना भाईरस लागेको बताईएको छ। जसमा १७३ (५१%) Vlaanderen, ११८ (३५%) Wallonië, ४५ (१३%) Brussel र ठेगाना थाहा नभएको ६ (२%) छन्।

आजसम्म बेल्जियममा ३७४३ जना कोरोना भाईरसबाट संक्रमित छन्। जस अनुसार २२१३ (५९%) Vlaanderen, ९७१ (२६%) Walloniē, ४५० (१२%) Brussel र ठेगाना थाहा नभएको १०९ (३%) छन्।

अहिले सम्म बेल्जियममा कोरोना भाईरसको संक्रमणबाट ८८ जनाले आफ्नो ज्यान गुमाउनु परेको छ। गत २४ घन्टामा २०९ जना भाईरस संक्रमितहरुलाई अस्पताल भर्ना गरिएको छ। ६१ जना उपचार पछी घर फर्किएका छन्।

यस कोरोना भाईरसको संक्रमणले आपतकालिन अवस्था घोषणा गर्दा बेल्जियमको सरकारको सम्म्बन्धित निकाय अनुसार करिब ७ लाख मानिस क्षणिक बेरोजगार भएका छन्।

बेरोजगार भएका मानिसहरुलाई सरकारले भत्ता दिने भएको छ । आ-आफ्नो भाकबोन्ड अनुसार तल दिईएको लिन्कमा गएर आ-आफ्नो नाम लेखाउनु पर्नेछ।

-जानकारीको लागि लिन्क:-

* ABVV (http://www.abvv.be/-/corona-tijdelijk-werkloos)

* ACV (https://www.hetacv.be/actualiteit/campagnes/coronavirus-op-het-werk/tijdelijkewerkloosheid)

* ACLVB (https://www.aclvb.be/nl)

* HVW (https://www.hvw-capac.fgov.be/nl/nieuw/tijdelijke-werkloosheid-coronavirus)

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार