– खसोखास

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक जना नेपालीको मृत्यु भएको छ । न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइटक्षेत्रमा बसोबास गर्दै आएका ५० बर्षिय अनिल लिम्बुको मृत्यु भएको हो ।
नेपालमा पाँचथर रानीगाउँ घर भएका लिम्बु करिव २० बर्षदेखि अमेरिकामा थिए । लिम्बुका एक श्रीमती, दुई छोरा र एक छोरी छन् । लिम्बुले केही समय देखी मधुमेह र ब्लड प्रेसरको औषधी सेवन गर्दै आएको परिवार श्रोतले जानकारी दिएको छ ।
लिम्बु एकसाता अगाडि ज्वरो आएपछि अस्पतालमा गएका थिए ।
प्रारम्भिक चेकअपपछि कोरोना संक्रमणको आशंकामा अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि ६ दिन अगाडि आएको रिपोर्टमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । तीनदिनदेखि भने स्वास्थ्यस्थीति गम्भिर भएकाले भेन्टिलेटरमा राखिएको थियो ।
न्युयोर्कको ज्याक्सनहाइट ९० स्ट्रीटमा बस्दै आएका उनीसँग परिवारका सदस्यहरुलाई पनि भेट्न दिइएको थिए । उनीहरुले डाक्टर र नर्ससँग कुराकानी गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका थिए ।
















