कोरोन भाइरसले आक्रान्त बनाएको वर्तमान परिवेशमा गैह्र आवासिय नेपाली संघ नर्वेले सहयोग कार्य अगाडी बढाएको छ। संघको बसेको एक बिशेष बैठकले पहिलो चरणर नर्वेस्थित नेपाली स्वास्थ्यकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधि र अन्य महानुभावहरु संग तपसिलका निर्णयहरु गर्दै कार्यन्वयन प्रक्रिया अगाडी बढेको छ :

१) स्वास्थ्य सम्बन्धी जानकारीः
नोर्डिक नेपाल मेडिकल सोसाइटी एक नोर्डिक क्षेत्रको नेपाली स्वस्थाकर्मिहरुको संस्था हो। यो संस्था संग सहकार्य गर्दै एनआरएनए, नर्वेको फेसबुक पेजबाट स्वास्थ्य सम्बन्धी जानकारी उपलब्ध गराइने छ। साथै यसको लागी नोर्डिक नेपाल मेडिकल सोसाइटीलाइ इमेल गरेर वा एनआरएनए, नर्वेका प्रतिनिधि सीता सुबेदी र पवित्र बस्नेत लाई फोन गरेर सम्पर्क गर्न सकिनेछ। प्रचार प्रसारको लागी चिकित्सक डा मनोहर प्रधानद्वारा भिडियोहरु निर्माण गरी प्रचार प्रसार गरिनेछ । प्रत्यक्ष्य टेलिफोन स्काईप मार्फत सल्लाह सुबिधा नेपाली चिकित्सकहरु संग हप्ताको १र२ घण्टा अनलाइन मार्फत पनि प्राप्त गर्न सकिने व्यवस्था मिलाइने छ।
२) जागरुकता सम्बन्धीः
प्रोफेसर बिशाल कुमार सिटौला र नर्वेस्थित एक नेपाली संस्था ूरागोसूको सहकार्य बाट मोटिभेसनल स्पीच, पोस्टर, तस्विर, पोष्ट आदि तयार गरि प्रचार प्रसार गरिनेछ ।
३) सामाजिक सहयोग समितिः
नर्वे स्थित भिविन्न संघ संस्थाहरु संग सहकार्य गर्दै कोरोना भाइरसबाट संक्रमित तथा उच्च जोखिममा रहेका नेपालीहरु लाइ सहयोग गर्ने हेतुले नयन मल्लको संयोजनमा १५ सदस्यीय संयुक्त कोरोना सङ्क्रमणकाल स्वयमसेवक समिति, नर्वे गठन गरि कार्य अघि बढाइएको छ।
समितिका अन्य सदस्यहरुमा प्रविन बहादुर शाहि, नारायण थापा, दीपेन्द्र आचार्य, राजु अर्याल, प्रदिप अधिकारी, जितेन्द्र शाही, कविन्द्र ढकाल, कमल खनाल, पारसमणी मिश्र, बरुण पौडेल, तसवर खाँन, सरला कट्टेल, विस्वास बजगाँइ र विनोद बस्याल छन् । यस समितिले क्वरेनटाइनमा बसेका, बिरामी भएका, राज्यको कल्याणकारी सहयोग प्राप्त गर्न फारम भर्ने जस्ता कार्य तथा बिद्यार्थी स्टाटसमा रहका नेपालीहरुलाई सहयोग गर्ने जनाईएको छ ।
उपरोक्त निर्णयहरुको कार्यन्वयन गर्दै नर्वे स्थित नेपाली चिकित्सक डा संजय अर्यालसंग प्रत्यक्ष कुराकानी सल्लाह कार्यक्रम सम्पन्न गरिएको छ भने अन्य स्वास्थ्यकर्मीहरुसंगका यस्ता अन्तरक्रियाहरू आउदो दिनहरुमा गरिने कार्यक्रम छन् । यसको साथै प्रोफेसर बिशाल कुमार सिटौलासंग एक फेसबुक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।उक्त कार्यक्रमहरुमा उल्लेख्य मात्रामा नेपाली जनसमुदायको उपस्थिति रहेको थियो ।
कोरोना संक्रमणको दिनानु दिनको स्थिति हेर्दा यसले स्वास्थ्यको अलावा आर्थिक, मनोबैज्ञानिक, सामाजिक आदि असर गर्ने प्रस्ट देखिएको हुँदा दोस्रो चरणको कार्यसमिति बैठकले बिद्यार्थीहरुको समस्या लाइ केन्द्र भागमा राख्दै निर्णयहरु गरेको छ। यस अन्तर्गत समस्याग्रस्त बिध्यार्थीहरु तथा अन्य नेपालीहरूको पहिचान गर्दै उपयुक्त सहयोगको पहल गरिने निर्णय गरिएको ब्यहोरा जानकारी गर्दछौ ।
यहाँको हकमा हालसम्म कुनै पनि नेपाली संक्रमित नभएको र क्वारेन्टाइन पनि नरहेको जानकारी गराउन चाहन्छौं। गैर आवाशीय नेपाली संघ, नर्वेले यहाँ बस्ने सबै नेपालीलाई आफू सुरक्षित रहदै उच्च साबधानी अपनाउन अपिल गरेको छ। साथै कार्यसमिति बैठकले सम्पूर्ण कार्यसमिति सदस्यहरुलाई हाइ एलर्टमा रहन निर्देशन गर्दै सम्पूर्ण सदस्यहरु लाइ हरतरहको सहयोग गर्ने निर्णय गरेको छ।
स्वास्थ्यकर्मीहरुको डाटा संकलन गर्ने सवालमा प्रक्रिया अघि बढाइएको छ , जसअनुसार नर्वेमा ४ जना चिकित्सकहरु हुनुहुन्छ भने नर्स र अन्य स्वास्थ्यकर्मीहरु कति हुनुहुन्छ भन्ने खास यकिन हुन सकेको छैन। तापनि हाम्रो सम्पर्कमा करिब ५० जना जति हुनुहुन्छ र हाम्रो अनुमान करिब १५० को हाराहारीमा हुनुपर्छ भन्ने हो।
भवदीय,
पवित्र बस्नेत
महासचिव
















