लिस्बन।

पोर्चुगलमा क्वारेन्टाइनको अवाज्ञा गर्ने ४ जना आप्रवासीलाई पक्राउ गरिएको छ।
१९ देखि ४६ बर्ष उमेरका उनीहरुलाई पीएसपी प्रहरीले राज्य आपतकालीन अवस्थामा भएको समयमा क्वारेन्टाइनको अवाज्ञा अपराधमा पक्राउ गरिएको हो।
पक्राउ परेका चारैजनालाई न्यायिक आदालतमा उपस्थित गराइने भएको छ।
पक्राउ परेका उनीहरु कुन देशका नागरिक हुन् भन्ने खुलाईएको छैन।
यसघि पनि क्वारेन्टाइनको अवाज्ञा गर्ने ७ जनालाई पक्राउ गरी अदालतमा उपस्थित गराईएको थियो।
पोर्चुगलमा राष्ट्रपतिद्वारा देशमा आपतकालीन अवस्था मार्च १९ मध्यरातिदेखि अप्रिल २ तारिखसम्मका लागि घोषणा गरिएको छ।
















