” मेरोमा कोठा छ, खाना दिन्छु” भन्ने सस्तो लोकप्रियता कमाउने चेष्टा नगरौं: राजदूत डा. सुवेदी

लण्डन ।

बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले कोरोना भाइरसका कारण उत्पन्न विपतका बेला सहयोगको नाममा सस्तो लोकप्रियताको खेती नगर्न आव्हान गरेका छन् । बेलायतमा रहेका नेपाली विद्यार्थीहरु समस्यामा परेको भन्ने प्रसंगमा उनले समस्याको सम्बोधन गम्भीर र संवेदनशिल ढंगबाट हुनुपर्ने बताए ।

कोरोना संकटबाट समस्यामा पर्न सक्ने नेपाली समुदायलाई सहयोग गर्ने विषयमा एनआरएनए यूकेका पदाधिकारीहरुसंगको छलफलमा राजदूत सुवेदीले भने, ‘मैले खाना दिन्छु, मेरोमा एउटा कोठा छ भन्ने जस्तो सस्तो र हलुका ढंगले लोकप्रियता कमाउने चेष्टा नगरौं ।’

बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरु समस्यामा पर्न सक्ने विषयलाई दूतावासले पनि गम्भीर ढंगबाट लिने राजदूत सुवेदीको भनाइ छ । ‘बेलायतमा नेपाल सरकारको प्रतिनिधिका रुपमा हाम्रो दूतावास छ । हाम्रा नेपाली दाजुभाई, दिदीबहिनीलाई आइपर्ने समस्या सामना गर्न हामी सक्षम छौं’, राजदूतले भने ।

अहिलेसम्म कुनै पनि नेपाली विद्यार्थी समस्यामा पर्यौं भनेर दूतावासको सम्पर्कमा नआएको जानकारी दिंदै उनले समस्यामा पर्नेहरुलाई दूतावासको नम्बरमा सिधै सम्पर्क राख्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार