लिस्बन।

पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट संक्रमित हुनेको संख्या ३५४४ पुगेको छ भने हालसम्म ६० को मृत्यु भएको छ।
कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप १७ जनाले ज्यान गुमाएका छन् भने ५४९ जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
पोर्चुगलमा कोरोना संक्रमण भएका ४३ जना उपचार पछि निको भईसकेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
संक्रमितहरुमध्ये २१ जना बिदेशी नागरिक रहेको तथ्यांकमा उल्लेख छ।

# In update
















