पोर्चुगल : ओदेमिरामा १७ नेपाली सहित १९ जना क्वारेन्टाइनमा, एक जना संक्रमित

लिस्बन।

पोर्चुगलको ओदेमिरामा कोरोना संक्रमको पहिलो व्यक्ति पुष्टि भएको छ। यो संगै संक्रमितको सम्पर्कमा भएका १९ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

क्वारेन्टाइनमा भएकाहरुमध्ये १७ जना नेपाली नागरिक रहेको र बाँकी २ जना भारतीय नागरिक भएको स्थानीय समाचारमाध्यमहरुले जनाएका छन्।

१७ जना नेपालीहरुलाई साओ तेतोनियो विद्यालयको खेल प्यभिलियनमा राखिएको छ भने बाँकी २ जानलाई उनीहरुकै घरमा क्वारेन्टाइनमा राखिएको छ।

कोरोना संक्रमित ४६ बर्षीय भारतीय नागरिक भएको बुझिएको छ। संक्रमित भएका उनलाई उनकै घरमा सुरक्षा अधिकारी र स्वास्थ्य अधिकारीहरु सहित क्वारेन्टाइनमा राखिएको छ।

संक्रमित भएका व्यक्ति शुक्रवार मात्रै लिस्बनबाट अल्मोग्राभ गएको बुझिएको छ।

संक्रमित भएका व्यक्ति र क्वारेन्टाइनमा राखिएका १७ नेपाली सहित सबै १९ जना कृषि मजदुर भएको अधिकारीहरुले बताएका छन्।

पोर्चुगलमा हालसम्म ३५४४ कोरोना संक्रमित भएका छन् भने ६० को मृत्यु भईसकेको छ। कोरोना संक्रमण भएपछि उपचार पश्चात ४३ जना निको भईसकेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार