रमेश कँडेल , बेल्जियम।

बेल्जियममा ९१३४ जना कोरोना भाईरसबाट संक्रमित छन्।आज सम्म ३५३ जनाले ज्यान गुमाएका छन्।
बेल्जियममा गत २४ घन्टामा १८५० जनालाई कोरोना भाईरस लागेको बताईएको छ भने ६४ जनाको मृत्यु भएको छ।
संक्रमितहरुमा ५४७५ (६०%) Vlaanderen, २४९६ (२७%) Walloniē, ९८० (१११%) Brussel र ठेगाना थाहा नभएको १८३ (२%) छन्।
गत २४ घन्टामा ५७५ कोरोना संक्रमितहरुलाई हस्पिटल भर्ना गरिएको छ भने २०५ जना उपचारपछी घर फर्किएका छन्।
१५ देखी २७ मार्च सम्म ३९१३ जना COVID-19 संक्रमितहरुलाई हस्पिटल भर्ना गरिएकोमा १०६३ जना घर फर्किएका छन्। अहिले ७८९ जना भेन्टिल्टरमा छन्।
बेल्जियममा अहिले करिब ४३% हस्पिटलको बेडहरु कोरोना संक्रमितहरुले भरिएको छ। फ्लामिस रिजनको (HoReKa) होटल, रेष्टुरेन्ट र क्याटरिङ ब्यावसायीहरुले यो क्राईसिसमा करिब १.७ बिलियन युरो घाटा खानुपरेको ब्याबसायी Matthias De Caluwe ले बताएका छन्।
बेल्जियममा १०४ बर्षको ब्यक्ति देखि सानो बच्चा पनि संक्रमित छन्।
पछिल्लो रिपोर्टले एक बिरालोमा पनि कोरोना भाईरस देखिएपछि थप सावधानी र सुरक्षाका उपायहरु अवलम्बन गर्नुपर्ने भएको छ।
















