नेपालदेखि अमेरकासम्मका चिकित्सकका पीडा : ३ दिनदेखि एउटै मास्क प्रयोग गर्न बाध्य

लकडाउनका बीच डाक्टरहरूले गर्नुपर्ने काम बढेको छ । निजी अस्पतालले उपचार गर्न नमाने पनि सरकारी अस्पतालले जस्तो कसुकै बिरामीलाई पनि जाँच गर्नैपर्ने हुन्छ ।

तर, डाक्टरहरूले न्यूनतम स्वास्थ्य कवजका सामग्री पनि पाएका छैनन् । सरकारको तर्फबाट एउटा मास्कसमेत पाउन नसकेको गुनासो डाक्टरहरूको रहेको छ ।

मास्क अभावको कारण एउटा मास्कले ३ दिन चालउनु पर्ने अवस्था आएको छ । ‘सुरक्षा कवजका केही सामग्री छैनन्’ वीर अस्पताल आकस्मिक सेवामा रहेका डाक्टर भन्छनन् ‘३ दिनदेखि एउटै मास्क लगाउनु परेको छ, त्यही पनि आफैँ किन्नु परेको छ, यस्तो अवस्थामा कसरी काम गर्नु ।’

उता अमेरिकाको एक अस्पतालमा कोरोना भाइरस संक्रमितहरुको उपचारमा खटिएकी एक नर्सले लाइभ भिडियोमा बोल्दै मास्कको अभाव भएको र एउटै मास्क कयौ दिनदेखि प्रयोग गर्नुपर्ने बाध्यता भएको बताएकी छिन्। उनले भिडियोमा भनेकी छिन कि , ” कोरोनाबाट ज्यान गुमाएकाहरुको शव व्यवस्थापन गर्न फ्रिज भएको लरीमा शवहरू लगिएका छन्, यस्तो बिभत्स दृश्य मैले मेरो जीवनमा कहिल्यै देखेको छैन। ”

चिकित्सकहरुको एउटै गुनासो छ , ‘हामीले पटक-पटक पीपीई माग गरेका हौँ तर सुनुवाइ भएको छैन हामी प्रत्यक्ष बिरामीसँग हुनु पर्छ सहयोग आइो भन्ने पनि सुनिन्छ तर कहाँ जान्छ थाहा छैन ।’

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार